संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले तीन क्यासिनोलाई पाँच दिनभित्र साढे ९० करोड बक्यौता बुझाउन अल्टिमेटम दिएका छन् । पटक-पटकको सार्वजनिक सूचना, सचिवस्तरीय निर्णयबाट दिइएको अल्टिमेटममा पनि ती क्यासिनो सञ्चालकले रोयल्टी र नवीकरण बापतको बक्यौता नतिरेपछि आलेले अल्टिमेटम दिएका हुन् ।
आर्थिक वर्ष २०७६/७७ सम्मको नियमित रोयल्टी र नवीकरण ९० करोड ५५ लाख ७६ हजार उठाउन बाँकी रहेको पर्यटन विभागले जनाएको छ । विभागले आज सार्वजनिक सूचना जारी गरी रक इन्टरनेशनल प्रालि काठमाडौँको ३० करोड ३८ लाख, ह्याप्पी आवर काठमाडौँको ३० करोड १७ लाख र ओरियन्टल होटल्स (र्याडिसन होटल) लाजिम्पाटको नाममा ३० करोड बक्यौता रहेको जनाएको छ । रोयल्टी र नवीकरणबापतको बक्यौता पाँच दिनभित्र नबुझाए कारबाहीको चेतावनी दिइएको छ ।
हिजै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र बलिउड अभिनेता सलमान खानबीच बुधबार कुराकानी भएको छ। होटल सोल्टीमा पुगेर मन्त्री आलेले सलमानसँग भर्चुअल संवाद गरेका हुन्। यस क्रममा पर्यटनमन्त्री आलेले सलमानलाई नेपाल आउन निम्ता गरेका छन्। मन्त्री आलेले सलमानसँग कुरा गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै सलमानलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताए।
उता सलमानले पनि आलेसँग संवाद गर्न पाउँदा खुसी लागेको बताए। उनले नेपाल मनपर्ने बताउँदै आफू चाँडै आउने जानकारी गराए। आफ्नो चलचित्र प्रवर्द्धनका लागि सलमान खान आगामी जेठ १४ गते नेपाल आउँदै छन्।
पर्यटनमन्त्री आलेसँगको संवादमा सलमान खानले आफूले नेपालमा सुटिङ गरेको फिल्म प्रदर्शनमा नआएको कुरा पनि सुनाए। उनले ‘बुलन्द’ नामको फिल्म नेपालमा सुटिङ गरेको तर प्रदर्शनमा नआएको बताएका हुन्। ‘नेपालमा फिल्म सुटिङ भयो। तर त्यो फिल्म पछि प्रदर्शन नै भएन’, खानले भने।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ