मङ्लबार, माघ २९, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • बैतेश्वरमा ‘रामराज्य’ : कर्मचारीको उपचार र निजि बाईकको मर्मत खर्च गाउँपालिकाको ८० हजारमा !

बैतेश्वरमा ‘रामराज्य’ : कर्मचारीको उपचार र निजि बाईकको मर्मत खर्च गाउँपालिकाको ८० हजारमा !


कान्तिपथ


बैतेश्वर गाउँपालिकालले आफ्ना कर्मचारीको उपचार खर्च पनि व्यहोर्ने गरेको पाईएको छ। गाउँपालिकाका कर्मचारीद्वय रुद्र बिशंखे र दिल विक्रम श्रेष्ठलाई उपचार खर्च दिएको माईन्युटको कपि कान्तिपथले फेला पारेको हो । तर निर्णय उतार गर्दा कार्यालयको कामको सिलसिलामा चरिकोट जाने क्रममा दुर्घटनामा परि घाइते भएको भनिएको छ।

उपचार खर्च स्वरुप रुद्र बिशंखेलाई ५० हजार र दिल विक्रम श्रेष्ठको निजि मोटरसाईकल मर्मत गर्न ३० हजार दिईएको छ । गाउँपालिकाको काममा निजि साधन किन प्रयोग भयो र मर्मत खर्च किन गाउँपालिकाले व्यहोर्यो भन्ने खुल्न सकेको छैन ।

गाउँपालिका निकट स्रोतका एक व्यक्तिले नाम नखुलाउने सर्तमा भने अनुसार उनीहरुले बिल भने बुझाएका छैनन् । उक्त निर्णय गाउँपालिकाको ८२ औँ बैठकले २०७८ श्रावण १२ गते गरेको हो।

बैतेश्वर गाउँपालिका भित्र भएका अनियमितता र बेथितिका अनेक शृंखला कान्तिपथले प्रकाशित गर्दै आएको छ । थप समाचार पढ्न यहाँ थिच्नुहोस:

अनुदानमा अध्यक्षको सेटिङ्ग: जनतासँग आवेदन माग, पालिका कै कर्मचारीको खल्तीमा १५ लाख !

‘कर’ नतिरी ‘तर’ चाट्दै कांग्रेसजन: क्षेत्रपामा बिना ठेक्का गिटी-बलुवा ‘तस्करी’ !

वडा सदस्यले किर्ते हस्ताक्षर गर्दै पचाईन गाउँपालिकाको पैसा: आधा भत्ता दिएर आधा खल्तीमा !

बैतेश्वरमा रमिता: शिक्षकको परिक्षा हुँदा पालिकाभरका सबै विद्यालय एक हप्ता बन्द !



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत