कर्णाली माओवादीले तीन सांसदलाई सत्तामा अवसर दिने भएको छ । जाजरकोटका कृष्णा शाह, रुकुम पश्चिमका रातो कामी र डोल्पाका वीरबहादुर शाहीलाई माओवादी मन्त्री, संसदीय समितिको सभापति र दलको प्रमुख सचेतकमा अवसर दिन लागेको हो । कर्णाली माओवादी संसदीय दलका ११ सांसदमध्ये यी तीन सांसदले अहिलेसम्म सत्तामा अवसर पाएका छैनन् ।
प्रमुख सचेतक ठम्मर विष्ट एमाले प्रवेश गरेपछि शाही र कामीलाई मन्त्री वा सचेतकमध्ये एक रोज्न भनिएको छ भने शाहलाई संसदीय समितिको सभापतिमा सिफारिस गर्ने निर्णय भएको माओवादीले जनाएको छ ।
कार्चेन लामाको ६ महिना अवधि पुगेपछि एकजनालाई असार १६ गते उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री बनाउने तयारी भएको बताइएको छ । कार्चेन मन्त्री बन्दा यी ३ ज्यान छाडेर रोक्न लागि परेका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ