सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहकाे मात्र हाेइन, तीनवटै निर्वाचनमा वर्तमान सत्ता गठबन्धन कायम रहने दाबी गरेका छन्।
आज बिहीबार बिहान भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले गठबन्धन कायम रहने दाबी गरेका हुन्। स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा सरकारमा रहेका दलबीच गठबन्धन हुने प्रचण्डकाे भनाइ छ।
उनले भने, ‘गठबन्धन त भइरहेकै छ नि, गठबन्धन टुट्दैन, अहिलेकै गठबन्धन स्थानीय मात्र होइन, प्रादेशिक र सङ्घीय निर्वाचनसम्म पनि रहन्छ।’ नेपाली कांग्रेस चितवनका केन्द्र र जिल्लास्तरका नेताहरुले भरतपुरमा प्रमुखको दाबी नछाड्ने बताइरहेका छन्।
सोही सम्बन्धमा सोधिएको प्रश्नमा प्रचण्डले भने, ‘चितवन कांग्रेसले भनेर केही हुँदैन, कांग्रेसले एक्लै लड्छौँ भनेको छैन, केही मान्छेले मात्रै भनेका हुन्।’
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ