सोमवार, बैशाख ९, २०८२

एक हवल्दारसहित ५ प्रहरी सम्पर्क विहिन


कान्तिपथ


पाँच प्रहरी खटाइएको स्थानमा हाजिर नभई सम्पर्कविहीन बनेका छन् । तोकिएको कार्यालयमा हाजिर नभएपछि सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सात दिनको समय दिएको छ ।

गत कात्तिकदेखि माघसम्म गैरहाजिर हुने प्रहरीको संख्या ५ छ । उनीहरूमध्ये एक प्रहरी हवल्दार र बाँकी प्रहरी जवान हुन् । गैर-हाजिर हुने प्रहरीहरूमा वाग्मती प्रदेश दंगा नियन्त्रण प्रहरी गण गुल्म नं. ३ हेटौंडामा कार्यरत प्रहरी हवल्दार हरिबहादुर भट्टराई र नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत प्राविधिक प्रहरी जवान वसन्त चन्द छन् । उनीहरू क्रमशः गत माघ १० र पुस ८ देखि सम्पर्कबाहिर छन् ।

त्यसैगरी, प्रहरी जवानहरू गौतम केसी, भुवन भण्डारी र कमल विष्ट पनि बिना जानकारी गैरहाजिर छन् । आफू खुसी कार्यालयमा गैरहाजिर रहेका यी प्रहरीको खोजतलास गर्दा सम्पर्कमा नआएपछि हाजिर हुने सूचना जारी गरेको प्रधान कार्यालयले जनाएको छ ।

सन्तोषजनक कारणसहित सम्पर्कमा नआएमा प्रहरी नियमावलीअनुसार कारबाही प्रक्रिया अघि बढाउने तयारी प्रधान कार्यालयले गरेको छ । प्रहरी नियमावली, २०७१ को नियम ११३(१) को खण्ड (च) मा बिना जानकारी गैरहाजिर कर्मचारीलाई सेवाबाट बर्खास्त गर्न सकिने प्रावधान छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत