पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले बुधबार नयाँ सरकार गठनको नामावली प्रस्तुत गर्नुभएको छ। सो प्रस्तावलाई राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले स्वीकार गर्नुभएको छ। कुल १७ मन्त्री र ३८ राज्यमन्त्रीको नामावली प्रस्तुत गरिएको छ।
पुरुष भन्दा बढी महिला मन्त्रीहरू सहभागी रहेको नयाँ सरकार पोर्चुगलको लोकतान्त्रिक इतिहासमा पहिलो हुनेछ । जसमा राष्ट्रिय रक्षा मन्त्री हेलेना कारेरास सो पद ग्रहण गर्ने पहिलो महिला हुनेछिन्।
प्रधानमन्त्री-निर्वाचित, एन्टोनियो कोस्टाले बताएअनुसार नयाँ सरकारको “बलियो राजनीतिक आधार” छ जुन “पोर्तुगाली समाजमा विविध अनुभवहरू” भएका व्यक्तिहरू मिलेर बनेको छ ।
नयाँ मन्त्रीहरुको सपथ ग्रहण चैत ३० गते हुने बताइएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ