शनिबार, साउन ५, २०८१
  • गृहपृष्‍ठ
  • बिश्व
  • दक्षिण कोरियामा एकै दिनमा तीन लाख ९५ हजारभन्दा बढी कोरोना सङ्क्रमित

दक्षिण कोरियामा एकै दिनमा तीन लाख ९५ हजारभन्दा बढी कोरोना सङ्क्रमित


कान्तिपथ


दक्षिण कोरियामा एकै दिनमा तीन लाखभन्दा धेरै कोरोनाभाइरसका सङ्क्रमित भेटिएका छन्। प्राप्त समाचारअनुसार त्यहाँ बुधबार गएको २४ घण्टा यतामात्र तीन लाख ९५ हजारभन्दा बढी कोरोना सङ्क्रमित पाइएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यहाँका अधिकारीहरुले पछिल्ला केही दिनमा यहाँ कोरोना भाइरसका सङ्क्रमितहरुको संख्यामा केही कमी आएको तर उल्लेख्य मात्रामा भने घट्न नसकेको बताएका हुन् । त्यहाँ बुधबार तीन लाख ९५ हजार ७०० जनाजति सङ्क्रमित पाइएको उनीहरुले बताएका छन् ।

दक्षिण कोरियाको रोग नियन्त्रण तथा निवारण एजेन्सीले सो कुराको जानकारी दिएको हो । सो एजेन्सीका अनुसार त्यहाँ गएको २४ घण्टा यता त्यो भन्दा अघिल्लो दिनका तुलनामा भने केही कमी आएको बताइएको छ । अघिल्लो दिनमात्र यहाँ ४ लाख ९० हजार जनाको हाराहारीमा संक्रमितहरु भेटिएका थिए ।

सो निकायका अनुसार अहिलेसम्म त्यहाँ कोरोना सक्रमित हुनेको संख्या एक करोड नाघेको छ । त्यहाँ पछिल्ला केही दिनमा दैनिक कम्तीमा पनि तीन लाखको संख्यामा संक्रमित देखिने गरेका छन् ।

त्यहाँका अधिकारीहरुले कोरियामा पछिल्ला हप्ताहरुमा कोरोनाको ओमिक्रोन भेरियन्ट निकै विस्तारित भएको बताएका छन् । उनीहरुले नागरिकहरुले पूर्णमात्रामा खोप लगाएकाले उनीहरुमा मृत्युदर कम रहेको तर पछिल्लो समयमा ओमिक्रोनको प्रकोप भने बढ्दै गएको बताएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत