बिहिबार, चैत्र ६, २०८१

एमाले नेता प्रभु साहविरुद्ध उजुरी: होला त कारबाही ?


कान्तिपथ


नेकपा एमालेकी केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य रेखा कुमारी झाले आफ्नै पार्टीका नेता प्रभु साहविरुद्ध उजुरी दिएकी छन् ।

रौतहट जिल्ला अधिवेशनको बेला हलको असहमतिका बाबजुद साहले पाँच जना पदाधिकारीलाई मध्यरातमा अज्ञात स्थलमा लगेर शपथ खुवाएको भन्दै झाले उजुरी दिएकी हुन् ।

उनले रौतहट जिल्ला अधिवेशन सम्पन्न नभएको पनि बताएकी छन् । राजनीतिक प्रतिवेदनमा उल्लेख रौतहट जिल्ला अधिवेशन सकिएको भन्ने वाक्यांश सच्याउन आग्रह पनि गरेकी छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत