नाबालिगमाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश गरेको छ।
बिहिबार तनहुँ जिल्ला अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई थुनामा पठाउने आदेश जारी गरेको हो।
यस्तै पलका म्यानेर कृष्ण जोशीलाई भने एक लाख रुपैयाँ धरौटी लिएर रिहा गर्नसमेत अदालतले आदेश जारी गरेको छ। जबर्जस्ती करणीपछि घटना सामसुम पार्न मतियार बनेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरिएको थियो।
मुख्य अभियुक्त शाहलाई १४ वर्षसम्म कैद सजाय माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले चैत ८ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। जोशीका हकमा भने आधा सजाय माग गरिएको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ