शुक्रबार, जेष्ठ ३, २०८२

कांग्रेसको घोषणापत्र महामन्त्री थापाले लेख्ने


कान्तिपथ


नेपाली कांग्रेसको स्थानीय तहको निर्वाचनको घोषणापत्र तयारी समितिको संयोजकको जिम्मेवारी महामन्त्री गगनकुमार थापालाई दिइएको छ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले महामन्त्री थापालाई घोषणापत्र तयारी समितिको संयोजकको जिम्मेवारी दिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

उनले कांग्रेसको फागुन ३ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय अनुसार पार्टी सभापति देउवाले थापालाई संयोजकको जिम्मेवारी दिएको बताएका हुन्।

स्थानीय तहको निर्वाचन यही वैशाख ३० गते देशभर एकैचरणमा सम्पन्‍न गर्ने सरकारले यसअघि नै घोषणा गरिसकेको छ। सरकारले निर्वाचन घोषणा गरेसँगै सबै दलहरु चुनावी अभियान र घोषणापत्र तयारीमा जुटेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत