आइतवार, माघ ६, २०८१

पपुवा न्युगिनीद्वारा नेपालसामु २९३ रनको लक्ष्य


कान्तिपथ


एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनीले नेपालसामु जितका लागि २९३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९२ रनको योगफल बनायो । पपुवा न्युगिनीका लागि चाल्र्स अमिनीले सर्वाधिक ७७ रनको योगदान दिए । उनले १०३ बलमा ६ चौका र एक छक्का प्रहार गरे । यस्तै कप्तान असाद भालाले ५५ बलमा ११ चौकासहित ६०, नोरमान भानुले २८ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४७, टोनी उराले ३८, राइली हेकुरेले ३१ तथा जासन किलले १३ रन बनाए ।

बलिङतर्फ नेपालका कमलसिंह ऐरी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले दुई÷दुई तथा कप्तान सन्दीप लामिछाने र आरिफ शेखले एक एक विकेट लिए । यसअघि पपुवा न्युगिनी सन् १९९८ मा एसिसी ट्रफी खेल्न नेपाल आएको थियो । त्यतिबेला नेपालसँग भने उसले खेलेन । त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी पहिलो पटक नेपालसँग खेल्न लागेको हो । नेपालले अहिले पपुवा न्युगिनीविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत