सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको बजेटमा ठुला विकासे योजनाहरु समेटिएका छन् । दोलखा जिल्लाका एक दर्जन बढि ठुला पुर्वाधार र रणनैतिक सडक योजनाहरु केन्द्रिय बजेटमा समावेश भएका थिए ।
भिट्टामोड–जलेश्वर–बर्दिवास–खुर्कोट–मन्थली–तामाकोशी–सिंगटी–लामाबगर–लाप्चेगाउँ उत्तर दक्षिण राष्ट्रिय राजमार्ग अन्तर्गतको तामाकोसी करिडोरलाई पनि बजेटले सम्वोधन गरेको छ । उक्त योजनापनि केन्द्रिय बजेटमा पहिलो पटक परेको हो । सो योजना यसअघि सडक विभागको कार्यक्रममा समावेश थियो ।
रणनैतिक सडक योजनाको उक्त सडकको निर्माणमा केहि स्वार्थ समूहले गिजोल्दा भने अन्यौलमा परेको छ । उक्त सडकको वैत्येश्वर गाउपालिकाको खण्ड अन्तर्गतको सडक रेखाङ्कन वैत्येश्वर गाउँपालिका वडा नं. ६ को दोस्रो मोड प्रतिक्षालय–लामागाँउ–वेताने (डिल)–स्वाराधार–खकालेश्वर मन्दिर–बाँझोगरा–तिलखोरीया–हुँदै चालु (नाम्दू क्षेत्रपा) सडकमा जोडेर अघि बढाउने गरी सर्भे, डिपिआर तथा सडक विभागबाट निर्णय भई ठेक्का लगाईएको थियो ।
हाम्रा गाउँपालिका अध्यक्ष छवि लामाको ससुराली वडा नं ७ को माझीबुस्ती हो, सडकको रुट परिवर्तन गराएर उनी ससुराली खुसी पार्न चाहन्छन, यसमा उनको राजनीतिक स्वार्थ पनि गाँसिएको छ । यता वडा नं ७ को कांग्रेसका एक दुई जना स्थानीय नेता सडकको रुट परिवर्तन गराउन चाहन्छ । यी दुवै स्वार्थ जोडिएपछि लामा भोट बैंकलाई क्यास गर्न सफल भए ।
सडक विभाग, डिभिजन कार्यलय, चरिकोटको आयोजना र सोही कार्यालयका प्रमुख अर्जुन सुवालको संयोजनमा २०७८ मंसिर २२ गते सरोकारवाला क्षेत्र वैत्येश्वरका प्रतिनिधि तथा राजनीतिक दलहरूको सहभागीतामा सर्वदलीय/सर्वपक्षीय बैठक बसी बैठकको एक मतले डिपिआर बमोजिम वैत्येश्वर गाउँपालिका वडा नं. ६ को दोस्रो मोड प्रतिक्षालय–लामागाँउ–वेताने (डिल)–स्वाराधार–खकालेश्वर मन्दिर–बाँझोगरा–तिलखोरीयाको रेखाङ्कनमै सडक खन्ने कार्य अघि बढाउने निर्णय गरेको थियो ।
तर बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामा, वडा नं ७ का अध्यक्ष रेशम राजश्वराज रिमाल, एमाले-कांग्रेसका केहि पालिका र वडास्तरिय नेताको मिलिभगतमा उक्त आयोजनालाई अर्कै रुट बनाउन खोज्दा गिजोलिन पुगेको छ।
सडक विभागले तयारी पारी ठेक्का समेत लाएको डिपिआर तथा स्थानीय अधिकांश जनताको आवश्यकता र सर्वदलीय सहमतिको विपरित अर्कै रुटबाट सडक खनाउने गुुपचुप निर्णय गरी सडक विभागलाई पत्राचार समेत गरेको छ । सडक विभागको निर्णयको एक महिना पछाडी २०७८ पौष १३ गाउँपालिकाको ८७ औं बैठकको निर्णय नं. ३ मा “तामाकोशी करीडोर (उत्तर–दक्षिण राजमार्ग) सञ्चालनको लागि टावर गोलाई–माझीबुस्ती–बोहोरे–पाटीमुनि–भेडे— हुँदै छिपि गाँउ क्षेत्रबाट” सडक खन्न सडक डिभिजनलाई पत्रादेश गर्ने निर्णय गरिएको रहेछ छ । यहि वाक्यमा यी स्वार्थ समूहको स्वार्थ झल्किन्छ।
वडा नं ७ का वडाअध्यक्षको घर न्याबारी हो जुन नयाँ परिवर्तन गर्न खोजिएको रुट उनको घरको आँगनमुनि खेतको कान्लो माथि पर्छ । जग्गाको भ्यालुएसन बढाउने स्वार्थ त छदैछ उनी लगायत एमालेको एउटा समूहले वडा नं ७ कै नागदह काँडेमा क्रसर स्थापना गर्न दर्ता गरेका छन् । उनीहरु यो करिडोर सडकमा नजिकबाट आफ्नो क्रसरको गिटी-बालुवा बिक्रि गरेर व्यवसायिक स्वार्थ पुरा गर्न चाहन्छन । क्रसर दर्ता भएको भनिए पन्नी संचालनमा आएको भने छैन । यसरी गाउँपालिका अध्यक्ष र वडा अध्यक्षको स्वार्थ मिल्दा तामाकोशी करिडोरको रुट परिवर्तन गर्ने खोजिएको हो’ ।
वैत्येश्वर गाउँपालिकाले क्षेत्राधिकार बाहिर गएर त्यस्तो जनविरोधी निर्णय र सडक विभागलाई पत्राचार किन गर्यो भन्ने विषय पनि पत्रले पर्दाफास गरेको छ । गाउँपालिकाकै केही जिम्मेवार पदाधिकारीहरुको जग्गा, दर्ता गरिएको क्रसर लगायतका निजी स्वार्थ बाझिएका हुनाले उक्त निर्णय भएको पत्रमा उल्लेख छ । पत्रमा निजि स्वार्थमा गाउँपालिका अध्यक्ष छवि लामा, वडा नं ७ का अध्यक्ष रेशम राजश्वराज रिमाललाई भन्न खोजिएको हो ।
नाम नखुलाउने सर्तमा एक स्थानिय नेताले भने, ‘हाम्रा गाउँपालिका अध्यक्ष छवि लामाको ससुराली वडा नं ७ को माझीबुस्ती हो, सडकको रुट परिवर्तन गराएर उनी ससुराली खुसी पार्न चाहन्छन, यसमा उनको राजनीतिक स्वार्थ पनि गाँसिएको छ । यता वडा नं ७ को कांग्रेसका एक दुई जना स्थानीय नेता सडकको रुट परिवर्तन गराउन चाहन्छ । यी दुवै स्वार्थ जोडिएपछि लामा भोट बैंकलाई क्यास गर्न सफल भए । यता वडा नं ७ का वडाअध्यक्षको घर न्याबारी हो जुन नयाँ परिवर्तन गर्न खोजिएको रुट उनको घरको आँगनमुनि खेतको कान्लो माथि पर्छ । जग्गाको भ्यालुएसन बढाउने स्वार्थ त छदैछ उनी लगायत एमालेको एउटा समूहले वडा नं ७ कै नागदह काँडेमा क्रसर स्थापना गर्न दर्ता गरेका छन् । उनीहरु यो करिडोर सडकमा नजिकबाट आफ्नो क्रसरको गिटी-बालुवा बिक्रि गरेर व्यवसायिक स्वार्थ पुरा गर्न चाहन्छन । क्रसर दर्ता भएको भनिए पन्नी संचालनमा आएको भने छैन । यसरी गाउँपालिका अध्यक्ष र वडा अध्यक्षको स्वार्थ मिल्दा तामाकोशी करिडोरको रुट परिवर्तन गर्ने खोजिएको हो’ ।
लामा नेपाली कांग्रेसको जिल्ला उप-सभापति हुन् भने रिमाल नेकपा (एमाले) का जिल्ला कमिटी सदस्य । कांग्रेस, एमाले, माओवादीको अधिकांश हिस्सा सडक विभागले कायम गरेको रुटमा नै सहमत छन् । ठेक्का प्रक्रिया सुरु भैसकेको, रुट फाईनल भैसकेको, पहिले नै सडक भएकाले कम खर्चिलो र धेरै जनतासँग जोडिने हुनाले सडक विभाग माथिल्लो रुट कायम गराउने र काम सुरु गर्ने तरखरमा छ ।
प्रभाव क्षेत्रका स्थानीय जनताले ठुलो संख्यामा गाउँपालिका अध्यक्ष र वडा अध्यक्षका विरुद्धमा हस्ताक्षर गरेर ज्ञापन पत्र बुझाउनुले पनि उक्त स्वार्थको भण्डाफोर हुन्छ । उनीहरुले गाँउपालिकाका प्रतिनिधिहरूले अख्तियार दुरुपयोग गरी जनविरोधी निर्णयहरू गरेको बताएका छन् । जनप्रतिनिधिहरू जनताको आवश्यकता र सरोकारका मुद्दा बोक्ने हुलाके या हल्कारा हुन् । हल्काराले चिठी बोक्न सक्छ, तर चिठी खोल्न, केर्न, मेट्न र फेरबदल गर्न पाउँदैन । यो विषयमा आम जनता स्पष्ट भएको र प्रष्ट हुन पालिकाका अध्यक्ष, वडाअध्यक्ष लगायतलाई पत्रमा अनुरोध गरिएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ