बिहिबार, बैशाख ११, २०८२

कर्णालीमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिँदै


कान्तिपथ


कर्णालीमा मिर्गाैला प्रत्यारोपण सेवा सुरुआत गरिने भएको छ । यस सम्बन्धी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच बिहीबार सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र कर्णाली प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काले हस्ताक्षर गर्नुभएको छ । प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्राडा खड्काले चालु आर्थिक वर्षभित्र प्रदेश अस्पताल सुर्खेतमा मिर्गौला प्रत्यारोपण कार्य सुरु गर्ने गरी सम्झौता भएको जानकारी दिनुभयो । प्रदेश अस्पतालअन्तर्गतका अस्पतालमा डायलासिस सेवा विस्तार गर्नेजस्ता सम्झौता भएको जनाइएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर कालागाउँस्थित प्रदेश अस्पताल सुर्खेतले विशेषज्ञ र ठूला खालका सेवा सुरु गर्ने पहल र योजनाले कर्णालीवासीमा खुसी छाएको छ । कर्णाली सरकारको एकमात्र ठूलो स्वास्थ्य संरचना प्रदेश अस्पतालले सेवामा बढोत्तरी गर्दै लगेपछि यहाँका नागरिकको आफ्नो स्वास्थ्य सुरक्षाको अधिकार सुनिश्चित हुने आशा गरेका छन् ।

पहिलोपटक कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट जटिल खालको मानव अङ्ग प्रत्यारोपण सेवा सुरु हुने भएपछि मिर्गौला रोगीले सहजै उपचार पाउने र आर्थिक भार कम हुनेछ । अब उनीहरुले मिर्गौला उपचारको सेवा प्रदेश बाहिरबाट लिनुपर्ने बाध्यता हट्ने प्रदेश अस्पातालले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत