नेकपा एमालेको भातृ संगठन युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका छन् । महिलालाई हातपात गरेको आरोपमा उनलाई गएराति ठमेलबाट प्रहरीले पक्राउ गरेको हो । बम उपर महिलालाई हातपात गरेको अभियोग लागेको छ । बम लाइ हिरासतमा राखेर प्रहरीले अनुसंधान गरेको छ ।