लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्द खड्का कांग्रेस प्रदेश गर्ने भएका छन् । एमालेबाट निर्वाचित अध्यक्ष खड्कालाई पार्टीले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । एमालेकै जनप्रतिनिधिहरुबीच विवाद भएपछि अहिले लिखु तामाकोसी गाउँपालिकाले सोचे अनुसारको काम गर्न सकेको छैन । जसले गाउँपालिकाका जनता एमाले प्रति तिब्र असतुष्ट छन । अध्यक्ष खड्काले भने आफुले काम गर्न खोज्दा खोज्दै पनि एमालेकै जनप्रतिनिधिहरुले खुट्टा तान्ने काम गरेको आरोप लगाउदै आएका छन । एमालैकै जनप्रतिनिधिको विवाद गाउँपालिकामा मात्रै सिमित भएन । एक अर्कालाई सक्काउने र मार्ने योजनामा समेत पुग्यो । उक्त विवादकै कारण अध्यक्ष खड्कालाई बलात्कारको मुद्धामा फसाएर जेल समेत पु¥याउने काम भयो । पछि खड्का आफुलाई निर्दाेष सावित गर्दै छुट्न सफल भए । अनि फेरी एमालेबाटै निर्वाचित गाउँपालिका उपाध्यक्ष दिपशिखा दाहाल र तिल्पुङका वडा अध्यक्ष सुवाष बोहोराले आफुलाई मार्नेसम्मको षड्यन्त्र रचेको भन्दै अध्यक्ष खड्काले उनिहरुलाई पनि जेल पठाउने काम गरे । अहिले दाहाल र बोहोर पनि छुटिसकेका छन ।
अहिले जिल्लामा स्थानिय तहको निर्वाचनको माहोल छाएको छ । नेपाली कांग्रेस प्रवेश गरेर पुनः लिखु तामाकोसी गाउँपालिको अध्यक्ष बन्ने दाउमा खड्का रहेका छन । सोही तयारीका लागी नेपाली कांग्रेसका जिल्ला सभापति पूर्णबहादुर तामाङ कान्छारामले खड्कालाई कांग्रेसमा प्रवेश गराउने विषयमा लिखु तामाकोसी गाउँ समितिसँग सुझाव माग गरेका छन् । वडा समितिसहितको सुझाव लिएर कान्छारामले खड्कालाई छिट्टै पार्टी प्रवेश गराउने गृहकार्य गरेका छन् ।
स्थानिय तहको निर्वाचन नजिकिएसँगै लिखु तामाकोसी गाउँपालिकामा कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कसलाई अध्यक्षको उमेदवार बनाउने भन्ने विषयलाई चासोका साथ हेरिएको छ । किनकी गत स्थानिय तहको निर्वाचन रामेछापका ८ स्थानिय तह मध्य अन्य पालिकाहरुमा उल्यख्य मात्रामा काम भएका छन । तर लिखु तामाकासी गाउँपालिका यस्तो स्थानिय तह हो जसले एमालेभित्रको विवादकै कारण वार्षिक बजेर सम्म पारित गर्न सकेको छैन । विकास निर्माणका काम त परको कुरा । अब निर्वाचित भएर आउने अध्यक्षका सामु गाउँपालिकामा धेरै चुनौतिहरु रहेका छन ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ