शनिबार, माघ ५, २०८१

चिनियाँ विदेशमन्त्री भारत भ्रमणमा


कान्तिपथ


नयाँ दिल्ली, ११ चैत चीनका विदेश मन्त्री वाङ यी भारत भ्रमणमा आउनु भएको छ । भ्रमणका क्रममा उहाँले शुक्रबार सरकारी उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नु भएको समाचारमा जनाइएको छ । उहाँले भारतीय समकक्षी एस जयशंकरसँग प्रतिनिधि मण्डल सहित हैदरावाद हाउसमा भेटवार्ता गर्नु भएको छ ।

त्यसअघि उहाँले भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग उहाँकै कार्यालय साउद ब्लकमा भेटवार्ता गर्नुभएको अधिकारीहरूले जनाएका छन् । दुवै जनासँगको भेटवार्ताका क्रममा विदेशमन्त्री यीले दुई पक्षीय हित, आपसी सहयोग तथा सहकार्य र साझा चासोका बारेमा कुराकानी गर्नु भएको थियो ।

दुवै जनासँगको भेटवार्ताका क्रममा विदेशमन्त्री यीले दुई पक्षीय हित, आपसी सहयोग तथा सहकार्य र साझा चासोका बारेमा कुराकानी गर्नु भएको थियो ।

भारत र चीनबीचको सम्बन्धलाई अझ मजबुत, सुमधुर बनाउँदै सहकार्यका क्षेत्र तथा दायरा बढाउने बारेमा पनि उहाँहरूले छलफल गर्नु भएको जनाइएको छ । विभिन्न देशको भ्रमण गर्ने क्रममा उहाँ बिहीवार बेलुका भारतको संघीय राजधानी नयाँ दिल्ली आइपुग्नु भएको हो ।

भारत र चीनबीचको सम्बन्धलाई अझ मजबुत, सुमधुर बनाउँदै सहकार्यका क्षेत्र तथा दायरा बढाउने बारेमा पनि उहाँहरूले छलफल गर्नु भएको जनाइएको छ ।

यही वर्ष चीनको राजधानी बेइजिङमा हुन लागेको ब्रिक्सका लागि निमन्त्रणा दिन चिनियाँ विदेश मन्त्री यी भारत आउनु भएको जनाइएको छ ।

भारत आउनु अघि उहाँले पाकिस्तानको राजधानी इस्लामावादमा भएको इस्लामिक सहयोग संगठन (ओआइसी) को बैठकमा सहभागी हुनुभएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत