बिहिबार, बैशाख ५, २०८२

तनहुँमा तेइस राजनीतिक दल दर्ता


कान्तिपथ



आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा तेइस राजनितिक दलदल दर्ता भएका छन् ।

राष्ट्रिय मान्यता प्राप्त छ दलसहित सत्र दलले निर्वाचनका लागि विवरण बुझाएका हुन् । सबै दलका प्रतिनिधिलाई चुनाव चिह्न प्रदान गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।

उक्त दलबाहेक अन्य व्यक्ति निर्वाचनमा उम्मेदवार बन्न चाहे स्वतन्त्ररुपमा चुनावमा उठ्न सक्ने छन् । राष्ट्रिय मान्यताप्राप्तबाहेक सत्र वटा दललाई उनीहरुको विधानमा उल्लेख भएअनुरुपको चुनाव चिह्न प्रदान गरिने उहाँले बताउनुभयो ।

निर्वाचनलाई मध्यनजर गर्दै एक हजार दुई सय मतपेटिका तयारी अवस्थामा राखिएको र ती मतटपेटिका ४३, ८० र ८५ लिटर क्षमताका छन् ।

चैत १३ गतेभित्र जिल्लाको अन्तिम मतदाता नामावली प्रकाशित गरिने कार्यालयप्रमुख ढकालले जानकारी दिनुभयो । निर्वाचनको लागि जिल्लामा एक हजार ६०० जनशक्ति आवश्यकता पर्ने बताइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत