बिहिबार, साउन १०, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • सांसदलाई २५ टाँका लाउनु पर्ने गरि कुट्ने एमाले भएको जसपाको आरोप

सांसदलाई २५ टाँका लाउनु पर्ने गरि कुट्ने एमाले भएको जसपाको आरोप


कान्तिपथ


जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य प्रमोद साहमाथि आक्रमण भएको छ । सांसद साहमाथि सर्लाहीको ईश्वरपुर नगरपालिका बयलबास बजारमा बिहान १० वजे संघातिक आक्रमण भएको हो ।

आक्रमणबाट साह घाइते भएको उनका आफन्त अनिल साहले बताए । उनका साथमा रहेका सुरक्षा गार्डलाई पनि कुटपिट भएको बताइएको छ । गार्डको पेस्तोल पनि खोसिएको उनले बताए ।

क्लबको भवन बनाउने विषयमा झडप हुँदा सांसद साहमाथि आक्रमण भएको बताइएको छ । शनिबार बिहान सर्लाहीको इश्वरपुर नगरपालिका ६ बयलवासमा फुलझरी युवा क्लब बनाउने नबनाउने विषयमा झडप भएको थियो । झडपमा सांसद साह र उनका अंगरक्षक घाइते भएको इलाका प्रहरी कार्यालय बयलबासका प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिए ।

साहको टाउकोमा २०/२५ वटा टाँका लगाइएको पनि उनले बताए । बयलवासमा रहेको फुलजोर बाबा युवा क्लबको जग्गा र भवन निर्माणको विषयमा केही दिनदेखि स्थानीय युवाहरूबीच विवाद बढ्दै गएको थियो ।

साहलाई एमाले कार्यकर्ताले आक्रमण गरेको आरोप लगाएको छ। जसपाले विज्ञप्ति जारी गरी सर्लाहीको इश्वरपुर नगरपालिकामा एमाले कार्यकर्ताहरूले सांघातिक हमला गरी घाइते बनाएको जनाएको छ।

‘पार्टी कामको सिलसिलामा गृहजिल्ला पुग्नुभएका साहमाथि सुनियोजित ढङ्गबाट आक्रमण गरी घट्ना घटाई उहाँलगायत दर्जनौ कार्यकर्ताहरू घाइते हुने गरी भएको निन्दनीय कार्यको जनता समाजवादी पार्टी नेपाल घोर भर्त्सना गर्दछ,’ जसपाको विज्ञप्तिमा भनिएको छ, ‘नेकपा एमालेले यस्ता घृणित र आपराधिक क्रियाकलाप बन्द नगरे यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयम् नेकपा एमाले हुने छ।’

उक्त घटनाका दोषीमाथि अबिलम्ब कडाभन्दा कडा कारबाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न जसपाले सरकासँग माग गरेको छ। जसपाले साहको उचित उपचारको व्यवस्था मिलाउन सरकारसँग माग समेत गरेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत