शुक्रबार, बैशाख ६, २०८२

देशभर तोकिए १० हजार ७५६ मतदान स्थल, २१ हजार ९५५ मतदान केन्द्र (सूची)


कान्तिपथ


आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि देशभर १० हजार ७ सय ५६ वटा मतदान स्थल निर्धारण गरिएको छ भने तिनमा २१ हजार ९ सय ५५ मतदान केन्द्र तोकिएको छ।

निर्वाचन आयोगका अनुसार आइतबार बसेको आयोगको बैठकले स्थानीय तहको निर्वाचनका लागि मतदाताको संख्या, मतदान स्थल र मतदान केन्द्रको टुंगो लगाएको हो।

मधेस प्रदेशमा सबैभन्दा बढी मतदान स्थल २ हजार १ सय ६३ वटा र ४ हजार १ सय ८९ वटा मतदान केन्द्र तोकिएका छन्। मधेस प्रदेशका ८ जिल्लामा गरी मतदाताको संख्या ३३ लाख ३१ हजार १ सय ७० रहेको आयोगले जनाएको छ।

प्रदेश १ मा १ हजार ८ सय ७७ मतदान स्थल तथा ४ हजार ५१ मतदान केन्द्र निर्धारण गरिएको छ। जहाँ ३३ लाख ४७ हजार ३ सय ८४ जना मतदाता छन्।

बागमती प्रदेशमा १ हजार ७ सय ९२ मतदान स्थल तथा ४ हजार ९५ मतदान केन्द्र राखिएका छन्, जुन प्रदेशमा सबैभन्दा बढी ३४ लाख १२ हजार ८ सय ६९ जना मतदाता छन्।

आयोगका अनुसार गण्डकी प्रदेशमा १ हजार २ सय ५३ मतदान स्थल छन्, उक्त प्रदेशमा १७ लाख ८९ हजार ४ सय ११ मतदाता छन्।

३२ लाख १९ हजार ४ सय ५७ मतदाता रहेको लुम्बिनीमा १ हजार ६ सय २९ मतदान स्थल तोकिएको छ। १० लाख १ हजार २ सय ८२ मतदाता रहेको कर्णालीमा ९ सय ७ मतदान स्थल निर्धारण गरिएको छ भने सुदूरपश्चिम प्रदेशमा १ हजार १ सय ३५ मतदान स्थल तय गरिएको छ। जहाँ १६ लाख ३२ हजार १ सय ५० मतदाता रहेको निर्वाचन आयोगले जानकारी दिएको छ।

हेर्नुहोस् मतदान स्थल, मतदान केन्द्र र मतदाताको विवरण–



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत