बिहिबार, बैशाख ११, २०८२

ओलीले उद्घाटन गरे ९ करोडको भ्यू टावर


कान्तिपथ


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले करिब ९ करोड रुपैयाँ खर्चिएर बनाइएको भ्यू टावरको मंगलबार उद्घाटन गरेका छन्। ओलीले रुपन्देहीको तिलोत्तमा पुगेर ९ करोडको भ्यू टावर उद्घाटन गरेका हुन्।

तिलोत्तमा नगरपालिका-२ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र निर्मित बहुउद्देश्यीय टावरको मंगलबार एक कार्यक्रमबीच उद्घाटन भएको हो।

तिलोत्तमा नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटन बढाउन उक्त बहुउद्देश्यीय भ्यू टावर निर्माण गरिएको जनाएको छ। नवनिर्मित टावरमा होटेल, सपिङ सेन्टर, कफी बार, पुस्तकालय, पौडी पोखरी र दृश्यावलोकनका लागि अन्य सुविधा रहेका छन्।

नगरपालिकाले निर्माण गरेको लिफ्ट सुविधासहितको यो १० तले टावर १ सय ३४ फिट अग्लो छ। २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा रहेको यो टावरलाई धरहरापछिकै अग्लो भनिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत