मङ्लबार, बैशाख ९, २०८२
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • सुन काण्डमा दिवेश लोहनी डाम्ने लामालाई अकुत आर्जनको आरोप: अख्तियारले भरायो १६ पन्ने फारम

सुन काण्डमा दिवेश लोहनी डाम्ने लामालाई अकुत आर्जनको आरोप: अख्तियारले भरायो १६ पन्ने फारम


कान्तिपथ


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक बहालवाला प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई १६ पन्ने फारम भराएको छ। डीआईजी वसन्त लामालाई अख्तियारले १६ पन्ने फारम भराएको हो।

उच्च स्रोतका अनुसार लामालाई केही दिनअघि मात्रै अख्तियारमा उपस्थित गराएर १६ पन्ने फारम भराइएको छ। डीआईजी लामाले अकुत सम्पत्ति कमाएको आरोप तथा उजुरी परेपछि अख्तियारले उनलाई १६ पन्ने फारम भराएको प्रहरीको अति उच्च स्रोतले बतायो।

उक्त १६ पन्ने फारममा व्यक्तिगतदेखि सम्पत्तिसम्मका विवरणहरु भर्नुपर्छ। डीआईजी लामा हाल प्रहरी प्रधान कार्यालयमा कार्यरत छन्। यसअघि उनी बागमती प्रदेशको प्रमुख थिए। लामाले एसएसपी हुँदा महानगरीय प्रहरी परिसर काठमाडौं, लागुऔषध नियन्त्रण ब्यूरोमा समेत बसेर काम गरेका छन्।

सनम शाक्य हत्या काण्ड र ३३ किलो सुन तस्करी प्रकरणमा छानबिन समितिमा समेत बसेर लामाले काम गरेका थिए। लामाले सुन काण्डको छानबिन समितिमा बसेर डामेका उनकै ब्याची दिवेश लोहनीसहितका प्रहरी अधिकारीहरुले सफाइ पाएका थिए।

यता नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसमा लोक सेवा आयोगको बढुवा पुनरावलोकन समितिले कुनै कैफियत नभेटिएको जनाएको छ ।

सरकारले यही १ चैतमा तीन जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरेको थियो । बढुवा सिफारिस हुनेमा डीआईजीहरु वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुक छन् । यसविरुद्ध ६ चैतमा डीआईजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले उजुरी दिएका थिए ।

सरकारले प्रहरीमा थपेका तीन एआईजी दरबन्दीमा तीन जना डीआईजीलाई बढुवा सिफारिस गरेपछि अन्य असन्तुष्ट डीआईजीहरुले बढुवा पुनरावलोकन समितिमा उजुरी दिएका थिए । त्यसपछि समितिले बढुवा सिफारिस समितिको सचिवालयलाई बढुवाको आधार पठाउन पत्राचार गरेको थियो ।

सचिवालयले पठाएको कार्यसम्पादन मूल्यांकन अध्ययन गरेपछि बढुवा पुनरावलोकन समितिले कुनै कैफियत नभेटेको स्रोतले जानकारी दिएको छ । यससँगै डीआईजीहरुको उजुरी खारेज भएको छ । एआईजी बढुवा यही साता हुने स्राेतले जनाएकाे छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत