बुधबार, साउन २, २०८१

लगालग चितवन जाँदै प्रचण्ड


कान्तिपथ


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गृहजिल्ला चितवन जाँदै छन्। चिवतनमा उनले राप्ती नगरपालिकामा निर्मित हर्दी विद्युत सबस्टेसन उद्घाटन, भरतपुर महानगरपालिकाको रिङरोडको पश्चिमखण्ड शिल्यान्यास र भरतपुर महानगरपालिका–२२, धनौजीमा कभर्टहल उद्घाटन गर्ने कार्यक्रम छ।

केही दिनअघि मात्र चितवन गएर फर्किएका प्रचण्ड सत्ता साझेदार नेपाली कांग्रेसले चुनावमा आवश्यकता अनुसार गठबन्धन गर्ने निर्णय गरेको भोलिपल्ट पुनः त्यहाँ जान लागेका हुन्।

चितवन कांग्रेसले भने स्थानीय तहको निर्वाचनमा गठबन्धनको कुराको विरोध गरिरहेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत