शुक्रबार, बैशाख ६, २०८२

डिन थम्पसन नेपालका लागि नयाँ अमेरिकी राजदूत बन्दै


कान्तिपथ


संयुक्त राज्य अमेरिकाले नेपालका लागि नयाँ राजदूत पठाउने भएको छ। २५ अक्टोबर २०१८ मा ओहदाको प्रमाणपत्र प्राप्त गरेका राजदूत र्‍याण्डी बेरीको कार्यकाल सकिन लागेपछि अमेरिकाले नेपालका लागि नयाँ राजदूतको मनोनयन गर्ने घोषणा गरेको हो।

अमेरिकी राष्ट्रपति जो बाइडेनले विदेश मन्त्रालयमा हाल दक्षिण एसिया तथा मध्य एसिया मामिला हेर्ने प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरी डिन थम्पसनलाई नयाँ राजदूतमा मनोनयन गर्ने घोषणा गरेको ह्वाइट हाउसले जनाएको छ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार उनले सन् २०११ देखि २०१५ सम्म भारतको पश्चिम बंगाल राज्यको कलकत्तास्थित अमेरिकी महावाणिज्यदूतका रुपमा काम गरेका थिए। दक्षिण एसियामा भारतसहित, बंगलादेश र श्रीलंकास्थित अमेरिकी नियोगहरूमा पनि उनले काम गरेका थिए।

अमेरिकाको मलेसियास्थित दूतावासमा उपनियोग प्रमुखरुपमा पनि उनले काम गरेका थिए। थम्पसनले अमेरिकाको पाराग्वे र रोमानियास्थित दूतावासमा पनि काम गरेका थिए।

सुरक्षा मामिलामा विज्ञ थम्पसन विदेश सेवामा आउनुअघि रक्षा मन्त्रालयमा कार्यरत थिए। राजदूत थम्पसनले अमेरिकाको नेसनल वार कलेजबाट नेसनल सेक्युरिटी स्टडिजमा स्नातकोत्तर गरेका छन्। त्यसैगरी अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयको पब्लिक अफेयर्स स्कूलबाट पब्लिक म्यानेजमेन्टमा स्नातकोत्तर गरेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत