शनिबार, माघ २६, २०८१

पूर्व डिआइजी रमेश खरेल काठमाडौं मेयरमा भिड्ने


कान्तिपथ


नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने भएका छन् । उनले उम्मेदवारीको सम्पूर्ण तयारी गरेको बुझिएको छ ।

खरेल पछिल्लो समय राजनीतिक पार्टी दर्ता गरेर सक्रिय छन् । उनी हिन्दूवादी संगठनहरुसँग पनि नजिक छन् । खरेलको उम्मेदवारीलाई हिन्दूवादीको सक्रियतासँग जोडेर हेरिएको छ । उनका काका पूर्व आइजीपी अच्युतकृष्ण खरेल हिन्दू राष्ट्र अभियानमा सक्रिय छन् ।

रमेश खरेल प्रहरीबाट राजीनामा दिएपछि हिन्दू संगठनहरुमा सक्रिय भएका थिए । उनलाई हिन्दूवादीले अघोषित रुपमा आफ्नो उम्मेदवारका रुपमा प्रस्तुत गरेको बुझिएको छ । खरेल प्रहरीमा हुँदा निर्क चर्चामा आएका थिए । उनको जीवनकथामा आधारित चलचित्र समेत निर्माण भयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत