सोमवार, मंसिर २४, २०८१

देउवालाई बनारसमा स्वागत: आजै स्वदेश फर्किने


कान्तिपथ


भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उच्चस्तरीय भेटघाट सकेका छन्। आज उनी उत्तर प्रदेशको बनारस गएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवा आज बिहान नौ बजे नयाँ दिल्लीबाट बनारस प्रस्थान गरेका हुन्। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री देउवालाई स्वागत गरे। बनारसमा प्रधानमन्त्री देउवाले विश्वनाथ र पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री देउवा बनारसबाट चार बजे नयाँ दिल्ली आइपुग्ने र त्यहाँँबाट सिधै काठमाडौंका लागि प्रस्थान गर्ने कार्यक्रम छ।

भारतको औपचारिक भ्रमणका लागि देउवा शुक्रबार नयाँ दिल्ली पुगेका थिए। शनिबार देउवाले समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए। भेटका क्रममा देउवाले सीमा समस्या समाधानका लागि मोदीलाई अनुरोध गरेको बताइएको छ। साथै दुवै देशका प्रधानमन्त्रीले जनकपुर–जयनगर रेल सेवा र सोलु कोरिडोर प्रसारण लाइन संयुक्त रुपमा भर्चुअल माध्यमबाट उदघाटन गरेका थिए।

पत्नी आरजु देउवासहित शुक्रबार अपराह्न दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा चार मन्त्रीसहित ५० सदस्य छन्।

भ्रमण टोलीमा सहभागी मन्त्रीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत