आइतवार, फाल्गुन ४, २०८१

एमालेको सिंगो वडा कमिटी माओवादी प्रवेश


कान्तिपथ


रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर ४ को नेकपा एमाले वडा कमिटी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ।

सिङ्गो वडा कमिटी माओवादीमा प्रवेश गरेपछि वडा नै एमालेबिहीन भएको दाबी गरिएको छ। यसअघि पनि विवादले एमालेले इन्चार्ज र सचिव मात्र तोकेर १३ सदस्यीय वडा कमिटी निर्माण गरेको थियो। अहिले त्यहीँ सिङ्गो वडा कमिटी नै माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य तेजबहादुर ओलीले बताए।

उनका अनुसार पार्टी प्रवेश गर्नेमा एमालेको वडा इन्चार्ज महेन्द्र बुढा, सचिव झुपबहादुर पुन, सदस्य टेकप्रसाद पुन, उपेन्द्र बुढा, पूर्ण बुढा, विनोद बुढा, पद्मोदया बुढा, नरम बुढा, मनदेउ बुढा, सन्तोष पुन, सूर्यमान पुन, भरण विक, धनलब बुढा हुन्।

उनीहरूलाई ओली र पार्टी गाउँ सङ्गठन समितिका इन्चार्ज जिताराम कामीले पार्टीमा प्रवेश गराएका थिए। त्यहाँ सिङ्गो वडा कमिटीसँगै एमाले समर्थित नागरिक पनि माओवदीमा आएका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत