शनिबार, जेष्ठ ७, २०७९

शिशु कल्याण माविको पक्की भवन


कान्तिपथ


पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित शिशु कल्याण माविको पक्की भवन निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु ९१ लाख ८३ हजारको लागतमा दुईतले आठकोठे पक्की भवन बनेको हो ।

नवनिर्मित उक्त भवनको गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले भवनको शुभारम्भ गर्दै प्राविधिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । स्वरोजगार सिर्जना गर्नका लागि समाजवादी शिक्षा आजको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले संस्थागत विद्यालयको विरोध गर्नुभन्दा सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

पोखरा–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्य, पूर्वअध्यक्ष प्रवीन आचार्य, विद्यालयका सल्लाहकार डिल्लीराम बराल, वालादेवी आमा समूहका अध्यक्ष देवी आचार्य, स्थानीय शिक्षाप्रेमी कृष्ण अधिकारी, रामचन्द्र अधिकारीलगायतले शिक्षाको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत