सोमवार, अशोज २८, २०८१

१४ सांसदको पुर्ण सुनुवाइ स्थगित गर्न माधव पक्षको निवेदन


कान्तिपथ


प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निष्कासन गरेका १४ जना सांसद विरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ मिति तोकिएको थियो । तर, पुर्ण सुनुवाइ स्थगन गर्न निवेदन पेस भएको स्रोतले जनाएको छ ।

न्यायाधीशहरु अनिल कुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा तोकिएको पुर्ण सुनुवाइ स्थगन गर्न एमालेले कारबाही गरेका १४ जना सांसदको तर्फबाट वकिलले निवेदन दिएका हुन् ।

एमालेले निष्कासन गरेका प्रतिनिधिसभाका १४ जना र लुम्बिनी प्रदेशका २ जना सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले कारबाही नगरेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले रिट दर्ता गरेका थिए । आजको फैसलापछि १४ सांसदको पद जाने वा कायम रहेको टुंगो लाग्नेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत