आइतवार, बैशाख २, २०८१

मेयरसहित बहुमत वडाअध्यक्षले छाडे एमाले: समाजवादी प्रवेश गर्दै


कान्तिपथ


नेकपा (एमाले) का प्रदेश कमिटी सदस्य तथा वेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्दसहितका नेता कार्यकर्ता नेकपा (एकीकृत समाजवादी)मा जाने भएका छन् ।

वेदकोटमा आइतबार एक कार्यक्रमकाबीच समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले चन्दसहितका नेता, कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गर्ने कार्यक्रम राखिएको छ ।

मेयर चन्दसहित वेदकोट नगरपालिकाका अधिकांस (बहुमत) वडाध्यक्ष, वडा सदस्यलगायतका जनप्रतिनिधिले समाजवादीमा समाहित हुने तयारी गरेपछि एमाले कञ्चनपुरमा खैलाबैला मच्चिएको छ । कार्यकर्ताहरूलाई पार्टीमा अवसर नदिएको र पेलेरै लैजाने रणनीति लिएको बुझाइ चन्द पक्षको रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत