बिहिबार, माघ ३, २०८१

माधव नेपालको माग अस्विकार


कान्तिपथ


माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने मागसहित नेकपा एमालेले दिएको रिटमा आइतबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

माधव नेपालसहितका सांसदको पक्षबाट उक्त रिटमाथिको सुनुवाइ रोक्न दिइएको निवेदन न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीले अस्वीकार गरेको छ । माधवकुमार नेपालसहितका सांसदको तर्फबाट आइतबारको सुनुवाइ रोक्न माग गर्दै अमर राउतले इजलाससमक्ष निवेदन दिएका थिए ।

निष्कासनमा परेका सांसदको सनाखतमा अर्को पार्टी गठन गरिनु र उनीहरुको सांसद पद पनि कायम रहनु गैरकानुनीन भन्दै अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र संघीय संसद सचिवालयलाई विपक्षी बनाई रिट दिएका थिए ।

सिन्हा र नहकुल सुवेदीको इजलासमा उक्त रिट चौथो नम्बरमा परेको छ । यसअघि २९ फागुनमा यस मुद्दा आइतबार पूर्ण सुनुवाइमा पेश गर्ने आदेश भएको थियो । नेकपा एमालेले नेकपा एकीकृत समाजवादी पार्टी गठन नहुँदै माधवकुमार नेपालसहित १४ सांसदलाई पार्टीबाट निष्कासन गरेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत