सोमवार, माघ २८, २०८१

को बन्ला नयाँ प्रहरी प्रमुख ?


कान्तिपथ


नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) अतिरिक्त महानिरीक्षकमा बढुवा भएसँगै । नेपाल प्रहरीमा ९ जना एआईजी भएका छन् । ती मध्ये आठ जना जनपदतर्फका छन् । भने एक जना प्राविधिकतर्फका छन् ।

तीनै आठ जनामध्येबाट भावी प्रहरी प्रमुख नियुक्त गरिनेछ । आठ जनामध्ये चार जनाबीच मात्रै प्रतिस्पर्धा हुनेछ । अब एआइजिहरू विश्वराज पोखरेल, सहकुल थापासँगै थपिएका सिंह र धानुकबीच प्रतिस्पर्धा हुनेछ । चारै जना एआईजीहरू एउटै ब्याची हुन् । चारै जना २९ चैत २०४९ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।

प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका पोखरेल एसपी बढुवा हुँदा आफ्नो ब्याचको पाँचौं स्थानमा थिए । त्यो बेला धिरजप्रताप सिंह ब्याचको पहिलो नम्बरमा थिए । तर, एसएसपी बढुवादेखि पोखरेल पहिलो नम्बरमा आए ।

हालका आइजी क्षेत्रीको ब्याचसँगै बढुवा भएका पोखरेलले त्यो बेलासमेत अघिल्लो ब्याचकालाई पछि पारे । सडक दुर्घटनामा डिआइजी सुशील भण्डारीको मृत्यु भएपछि पोखरेल वैशाख २०७६ मा एक्लै डिआइजीमा बढुवा भए ।

त्यसपछि उनी १५ मंसिर २०७७ मा एआईजीमा बढुवा भए । सहकुल थापा डिआइजीमा सिंह र धानुकसँगै बढुवा भएका थिए । थपिएको दरबन्दीबाट उनी एआईजीमा बढुवा भएका थिए । वरिष्ठताको आधारमा पोखरेल र थापा मध्ये एक जना बढी दाबेदार हुन् ।

एसपीसम्म १ नम्बरमा रहेका सिंह एसएसपी बढुवामा शीर्ष तीनमा परेका थिए । नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन अब ठ्याक्कै २९ दिन बाँकी छ। नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) को बन्ला भन्ने यतिबेला सर्वत्र चासो छ। किनकि नयाँ आईजीले नजिकिएको स्थानीय चुनाव सम्पन्न गर्नुपर्नेछ।

पहिलो घेरामा रहेर निर्वाचनको मुख्य सुरक्षा जिम्मेवारी बहन गर्नुपर्ने भएकाले चुनावमा प्रहरी नेतृत्वको भूमिका विशेष हुने गर्छ। त्यसैले वर्तमान सरकारले प्रहरी संगठनको नेतृत्वमा आफू अनुकुलको व्यक्ति नियुक्त गर्ने सम्भावना छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत