शनिबार, मंसिर २०, २०८२

देउवाले दिल्लीमा चुच्चे नक्सा हटाएर भारतको दलाली गरे: केपी ओली


कान्तिपथ


नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिल्लीस्थित नेपाली दूतावासमा लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा नराखेको भन्दै आपत्ति जनाएका छन् ।

‘सम्मानीय प्रधानमन्त्रीले प्रकाशित गरेको एक सय दिनको विवरणमा चुच्चे नक्सा हटाइयो । भौगोलिक अखण्डाप्रतिको यो खेलबाड के साधारण कुरा हो? ’ ओलीले भने, ‘हिजो मात्रै दिल्लीस्थित नेपालको दूतवासमा टाँगिएको फोटोमा त्यहाँ नेपालको बुच्चे नक्सा राखिएको छ, चुच्चे नक्सा हटाइएको छ । योभन्दा राष्ट्रिय दलाली र योभन्दा राष्ट्रको गौरव र शीर निहुर्‍याउने योभन्दा लज्जाजनक कुरा के हुन्छ ?’

ओलीले प्रधानमन्त्री देउवाको दिल्ली भ्रमणको उद्देश्यको बारेमा समेत प्रश्न गरेका छन् । ‘दिल्ली किन जानुभयो शेरबहादुरजी फर्किएर पछि सोधौंला भनेको थिएँ । यही राष्ट्रिय बेइमानीका लागि जान लाग्नु भएको हो ? के–का लागि जान लाग्नु भएको हो ?,’

एमालेनिकट नेपाल बुद्धिजिवी परिषद्को १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘के यो साधारण कुरा हो ? भौगोलिक अखण्डताप्रतिको खेलवाड हो ।’

उनले चुनावको मुखमा प्रधानमन्त्री देउवा गएको विषयमा प्रश्न गर्दै भने,‘यही कुराका लागि जानुभएको हो दिल्ली ? केका लागि जानुभएको हो ?’ फर्किनुभन्दा अगाडि चुच्चेनक्सा राखेर आउने/नआउने विषयमा पनि उनले प्रधानमन्त्रीसँग जवाफ खेजेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत