बिहिबार, चैत्र ६, २०८१

कान्तिपथ समाचार प्रभाव: बैतेश्वरमा १५ लाख सेटिङ्गको अनुदान रद्ध !


कान्तिपथ


बिहिबार चैत्र ३, २०७८ मा कान्तिपथले ‘अनुदानमा अध्यक्षको सेटिङ्ग: जनतासँग आवेदन माग, पालिका कै कर्मचारीको खल्तीमा १५ लाख !’ शिर्षकमा समाचार प्रकाशित गरेपछि उक्त सेटिङ्गको अनुदान खारेज गर्न गाउँपालिका बाध्य बनेको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराम पोखरेलका अनुसार चैत्र ११ गतेको निर्णय अनुसार उक्त अनुदान सम्झौता रद्ध भएको हो ।

कान्तिपथले दोलखाको बैतेश्वर गाउँपालिकालाई प्रदेश सरकारले दिएको रकम गाउँपालिकाको बैठकले आसेपासे छानेर वितरण गरेको समाचार प्रकाशित गरेको थियो। गाउँपालिकाका अध्यक्ष छवि लामाको अध्यक्षतामा बसेको बैठकले कांग्रेस निकट कर्मचारी खड्ग बहादुर खत्रीलाई २०७८ फागुन २५ गते पालिका स्तरिय निर्णय गर्दै रकम सहयोग गरेको थियो ।

माईन्युटको निर्णय नं ३ मा उल्लेख भए बमोजिम प्रदेश तथा स्थानीय तहमा ससर्त वितिय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम संचालन कार्यविधि २०७८ अनुसार उच्च प्रविधियुक्त नर्सरी स्थापनाको लागि डाङ्गडुङ्गेश्वरी कृषि तथा पशुपंक्षी फर्मलाई कृषि समितिको सिफारिसमा सो फर्मको आवेदनलाई स्वीकृत गरिएको उल्लेख छ । फर्मको आवेदन स्वीकृत भएपनि पालिका भित्रबाट नै विरोध हुन थालेपछि डाङ्गडुङ्गेश्वरी कृषि तथा पशुपंक्षी फर्मले १५ लाखको लागि सम्झौता गर्न पाएको थिएन ।

सम्बन्धित समाचार: अनुदानमा अध्यक्षको सेटिङ्ग: जनतासँग आवेदन माग, पालिका कै कर्मचारीको खल्तीमा १५ लाख !



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत