बुधबार, माघ ३०, २०८१

मेयर, ५ वडाअध्यक्ष, २२ वडा सदस्यले एकैपटक छाडे एमाले


कान्तिपथ


कञ्चनपुरको बेदकोट नगरपालिकाका मेयर पाँच जना वडाध्यक्ष र २२ जना वडा सदस्यसहित नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। नेकपा एमालेबाट निर्वाचित नगर प्रमुख अशोक चन्द एमालेमा भित्रिएका हुन्।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले मेयर चन्दसहित वडाध्यक्ष, कार्यपालिका सदस्य र सदस्यहरूलाई पार्टीमा भित्र्याएका छन्।

नगर प्रमुखसहित वडा नम्बर ३ का अध्यक्ष तिलक ठकुल्ला, ४ नम्बरका अध्यक्ष भास्कर भट्ट, ७ नम्बरका वीर बहादुर डगौरा, ८ नम्बरका दुर्गासिंह भण्डारी र १० नम्बरका केशव रावल एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। १० वडा रहेको बेदकोट नगरपालिकामा ८ वडा एमालेले जितेको थियो। अहिले ८ मध्ये ५ वडाध्यक्षहरू एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्।

कार्यपालिका सदस्यहरू निर्मला विष्ट चौधरी, पिंकी दमाईं, माया बोहरा, तारा रैका, दलवीर टमाटा, चेतराम कामी पनि एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत