सोमवार, मंसिर १२, २०७९

मेलुङ्गमा कसले मार्ला बाजी: एमालेमा टिकट लिन हेभीवेट भिडन्त !


कान्तिपथ


स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा दोलखाको मेलुङ्ग गाउँपालिकामा चुनावी सरगर्मी बढेको छ । काँग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतले आफ्नो पक्षमा चुनावी माहोल बनाउन अभियान तीव्र पार्न थालेका छन् ।

१८ हजार १५३ मतदाता भएको यो गाउँपालिकामा यसअघिको निर्वाचनमा एमाले विजयी भएको थियो । अहिले एमाले विभाजित भएको तथा पार्टीको उपस्थिति थप प्रभावकारी भएकाले आफू नै विजयी हुने दाबी काँग्रेस र माओवादीको छ । एमाले यसपटक जसरी पनि आफू विजयी हुने दाबी सहित मैदानमा छ, एमालेलाई विरासत गोजाउनु पर्ने चुनौती छ। दोलखाको अन्य पालिकाको तुलनामा एकीकृत समाजवादीको उपस्थिति बलियो मेलुङ्ग गाउँपालिकामा छ । मेलुङ्गका ७ वटा वडामध्ये कांग्रेसले २ वटामा एमालेले ४ वटा र माओवादी केन्द्रले १ वडामा जितेका छन् ।

कांग्रेस-एमाले-माओवादीको त्रिपक्षीय भिडन्त हुने आँकलन गरिएको यो गाउँपालिकामा चुनावी सरगर्मी बढ्दै गर्दा गाउँपालिका अध्यक्षमा दाबेदारी गर्नेहरु पनि बढ्दै गएका छन् । यसमा सबैभन्दा अगाडि एमाले-काँग्रेस-माओवादी कै स्थानीय नेताहरु रहेका छन् ।

उनीहरु सबैले टिकटका लागि आन्तरिक लबिङ्ग सुरु गरेको बताईन्छ ।

जिल्लाका प्रमुख पदाधिकारी मेलुङ्गका भएको हुनाले उम्मेदवार छनोट गर्न एमालेलाई सकस पर्ने देखिन्छ । हाल गाउँपालिका अध्यक्ष रहेका नरबहादुर श्रेष्ठ एमालेका जिल्ला अध्यक्ष हुन् । उनले गत स्थानीय निर्वाचनमा कांग्रेसका उम्मेदवार भन्दा ८९ भोट बढी ल्याएर निर्वाचित भएका थिए । प्रशासनिक भवन बनाउन नसकेको, आलु प्रकरणमा मुछिएको, जनतालाई झुठो बोल्दा कुटाई खाएको जस्ता आरोप उनीमाथि लाग्ने गरेका छन् । वडा नं ३ का अध्यक्ष तथा पार्टीका जिल्ला सचिव हिरा थोकरको दाबेदारी उनका लागि फलामको चिउरा हुन् सक्छ ।

थोकरले वडामा कांग्रेसका उम्मेदवार बाबुलाल तामाङ्ग भन्दा दोब्बर ६२६ भोट ल्याएका थिए । पार्टीका जिल्ला उपसचिव धर्मेन्द्र मोक्तानको समेत दाबेदारीले एमालेबाट टिकट लिन हेभीवेट भिडन्त हुने निश्चित छ । यता व्यवसायी समेत रहेका जिल्ला समन्वय समितिका सदस्य बिदुर शर्मा समेत पालिका अध्यक्षका प्रत्यासी देखिएका छन् । उनीहरु सबैले टिकटका लागि आन्तरिक लबिङ्ग सुरु गरेको बताईन्छ ।

नेपाली कांग्रेसबाट पालिका अध्यक्षमा जिल्ला सभापति बर्मा लामा प्रमुख दाबेदार हुन् । गत स्थानीय निर्वाचनमा उनी एमाले नर बहादुर श्रेष्ठ भन्दा ८९ भोट कम ४३८६ ल्याएर पराजित बनेका थिए । गठबन्धन भएर माओवादी वा समाजवादीलाई छाड्नु पर्ने अवस्था आउँदा भने लामा प्रदेश सभा सदस्यका दाबेदार हुनेछन । यस्तै कांग्रेसबाट राजु लामा कुसुम र नारायण बहादुर मगर पनि पालिका अध्यक्षका बलिया प्रत्यासी हुन् ।

नेकपा (माओवादी केन्द्र) बाट अघिल्लो पटक ३२३२ मत ल्याएर पालिका उपाध्यक्षमा पराजित बनेका कृष्ण बहादुर कार्की, प्रेम लामा र प्रखर लामा पालिका अध्यक्षका प्रत्यासी हुन् । मेलुङ्गमा यी तिनै जना जनयुद्धकालिन नेता हुन् । तिनै जनालाई माओवादी नेता शंकर लामाको समर्थन हुने बताईन्छ । माओवादीले गठबन्धन ब्भाएको खण्डमा पनि उम्मेदवार बारे छलफल चलाएको पार्टीका पालिका अध्यक्ष प्रखर लामाले बताए ।

एकीकृत समाजवादीका नेता रविन्द्र कार्की पनि पालिका अध्यक्षका प्रमुख दाबेदार हुन् । महेन्द्र बहादुर कार्कीका भाई समेत रहेका रविन्द्रको पारिवारिक विरासतको बलियो भोट छ । उनीहरु सितली आसपासको क्षेत्रमा बलियो प्रभाव राख्छन । एकीकृत समाजवादीबाट गोपाल न्यौपाने पनि पालिका अध्यक्षका बलिया प्रत्यासी हुन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत