आइतवार, अशोज २७, २०८१

नेपाल बैंक बागलुङको आफ्नै भवनबाट सेवा


कान्तिपथ


नेपाल बैंक बागलुङले आफ्नै भवनबाट सेवा दिन सुरुआत गरेको छ । बागलुङ नगरपालिका–३ स्थित आफ्नै जग्गामा रु दुई करोड ३६ लाख ४२ हजार लागतमा भवन निर्माण गरिएको सो बैंकका शाखा प्रमुख अमृत सेवाले जानकारी दिनुभयो । बैंकको भवन जीर्ण भएपछि चार वर्ष अघि भाडाका घरमा सरेको थियो । बैंकले सुविधा सम्पन्न आफ्नै भवन निर्माण गरेर आइतबारदेखि सेवा दिन थालिएको उहाँले बताउनुभयो ।

यसअघि सो बैंकले मासिक एक लाख भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको थियो । बैंकको नाममा रहेको छ आना एक पैसा जग्गामा तीन तले सुविधा सम्पन्न भवन निर्माण भएर हस्तान्तरण भएपछि सेवा दिन थालिएको हो । ‘डेभ एण्ड सायर तिलक जेबी निर्माण कम्पनी’ ले भवन निर्माण गरेको थियो । २१ हजार बढी ग्राहकलाई सेवा दिइरहेको बैंकको आफ्नै भवन बनेपछि नयाँ एटीएम सेवा, लकर सेवा ग्राहकलाई पार्किङ सुविधासहितको सेवा दिएको शाखा प्रमुख सेवाको भनाइ छ । भाडाको घरबाट सेवा दिँदा निकै समस्या भएकोमा आइतबारदेखि आफ्नै भवनबाट सेवा दिदा सहज हुने शाखाले अपेक्षा लिएको छ । घ वर्गको शाखामा दुई पटक उत्कृष्ट शाखाबाट सम्मानित भइसकेको छ ।

नेपाल बैंक लिमिटेडको देशभर २१३ शाखा १४८ एटीएम ५० वटा एक्टेन्सन काउन्टर, २० लाख ग्राहक रहेका छन् । बागलुङको शाखा र एक्सटेन्सन काउन्टरमा गरी २१ जना कर्मचारी कार्यरत छन् । बागलुङ सदरमुकामसहित गलकोट र ढोरपाटन नगरपालिकामा बैंकको शाखा छ । नेपालकै सबैभन्दा पुरानो सो बैंकको बागलुङ शाखाले २०१७ साल माघ ४ गतेदेखि वित्तीय सेवा दिँदै आएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत