मङ्लबार, कार्तिक २०, २०८१

बाघको आक्रमणबाट मृत्यु


कान्तिपथ


चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–९ बाँदरझुलाका३९ वर्षीय सुरेश विक रहेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका–२३ स्थित सो निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा आइतबार साँझ विकलाई बाघले आक्रमण गरेको थियो । आफन्तको घरमा बस्दै आउनुभएका उनलाई घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको निकुञ्जका सूचना अधिकारी तिवारीले बताउनुभयो । बाघको आक्रमणबाट विकको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ । विकको शव नजिकैको हरियाली सामुदायिक वनमा भेटिएको निकुञ्जले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत