आइतवार, बैशाख २, २०८१

माछा मार्न गएका युवक बेपत्ता


कान्तिपथ


माछा मार्ने क्रममा तमोर नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन् । मिक्वाखोला गाउँपालिका–२ का तिलबहादुर खोक्लिङका छोरा पर्वत खोक्लिङ नदीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उनी साथीहरूसँग माछा मार्न तमोर नदीमा गएका थिए ।

नदीले अचानक बगाएपछि उनका साथीहरुले खबर गरेका थिए । घटनाबारे खोज अनुसन्धान र बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । गए राति भएको उक्त घटनाबारे आज बिहान मात्र प्रहरीलाई खबर गरिएको प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक कैलाश राईले बताउनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत