जाजरकोट छेडागाड गाउँपालिका ३ का एक दलित युवा लालबहादुर नेपालीले एमालेबाट कांग्रेसमा प्रवेश गरेकै कारण आफ्नै साथीबाट रगताम्य हुनेगरी कुटाइ खाएका छन् ।
एमाले जिल्ला कमिटी सदस्य सत्यनारायण गिरीले उनलाई कपडा खोलेर रगताम्य हुनेगरी कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ ।
जाजरकोट प्रहरीका सूचना अधिकारी प्रहरी इन्सपेक्टर खुमानन्द पाण्डेकाअनुसार घटना आइतबार साँझ साढे ६ बजेको हो । प्रहरीका अनुसार केही दिन पहिले नेपाली एमालेबाट कांग्रेसमा प्रवेश गरेका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ