सोमवार, माघ २८, २०८१

मान्छेहरु वामपन्थी भन्नासाथ् प्रचण्ड सम्झन्छन: ओली


कान्तिपथ


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कम्युनिस्ट भए आफु कम्युनिस्ट नहुने बताएका छन् । सोमबार प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसनको सम्मेलनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले मानिसहरुले वामपन्थी भनेको प्रचण्ड नै सम्झने गरेको पनि बताए ।

‘नबुझेर मान्छेहरुले म त वामपन्थी हुन सक्दिन भन्छन् । वामपन्थी भनेको उसले बुझेकै छैन’, अध्यक्ष ओलीले भने, ‘अलिकति के भो भने वामपन्थी भनेको मान्छेहरुले प्रचण्ड सम्झन्छन् । अनि कसरी हुन्छ ? हुने कुरै रहेन नी !’

उनले पहिला पनि आफुले प्रचण्ड कम्युनिस्ट हुन् भने म होइन भनेको स्मरण गर्दै भने, ‘मैले एकपटक भनेको थिएँ, पोहोर परार । यदि प्रचण्ड भन्ने मान्छे कम्युनिस्ट हुन भने म कम्युनिस्ट होइन । प्रचण्ड भन्ने मान्छे नै कम्युनिस्ट हो भने म होइन । म कम्युनिस्ट हुँदा प्रचण्ड कम्युनिस्ट हुनै सक्दैनन् ।’

आफु र प्रचण्ड दुवै कम्युनिस्ट हुनै नसक्ने ओलीको दावी छ । ‘त्यो सम्भव नै छैन नि दुइटा एउटै कुरो कसरी सम्भव हुन्छ ?’, ओलीको प्रश्न छ । आफु र प्रचण्ड बीचमा फरक छुट्याउँदै ओलीले भने, ‘उहाँ अकारण देशमा द्वन्द्व मच्चाउनुहुन्छ म शान्तिको पक्षमा छु । उहाँ जात जातमा भिडाउन खोज्नुहुन्छ, मान्छेलाई म मिलाउन खोज्छु । उहाँ मधेस र पहाडको लडाई गराउन खोज्नुहुन्छ म शान्ति कायम गरेर मेलमिलापसँग अघि बढ्नुपर्छ, सबैलाई समान अधिकार दिनुपर्छ भन्छु…।’

ओलीले आफ्नै जीवनकालमा सुरुङमार्गबाट चार मिनेटमा नुवाकोट पुग्न र रेलबाट रसुवा जाने इच्छा रहेको बताएका छन् । ओलीले आफूलाई आफ्नै जीवनकालमा सुरुङमार्गबाट नुवाकोट, काठमाडौंबाट रेल चढेर रसुवा र दिल्ली जान मन भएको बताएका हुन् ।

“हामी टनेल यात्रामा प्रवेश गरेका छौँ । डिकिङ वाटरका लागि मात्रै नभएर इरिग्रेसन, रोडलगायत क्षेत्रमा हामी टनेल युगमा प्रवेश गरिसकेका छौँ । अब हामी पहाड छेडेर पारिपट्टि बाटो निकाल्छौँ,” उनले भने, “म केही दिनमा नुवाकोट जाँदै छु । टोखा छहरे छेड्नै पाइएन । छेड्न पाएको भए म चार मिनेटमै नुवाकोट पुग्ने थिए । अहिले नुवाकोट पुग्न मैले अढाइ घन्टा लगाउनुपर्ने हुन्छ । टोखाबाट नुवाकोट चार मिनेटमा फुत्त पुगिन्थ्यो नि ! तर, त्यो हुन सकेन । मलाई आफ्नै जीवनकालमा सुरुङमार्गबाट नुवाकोट, काठमाडौंबाट रेल चढेर रसुवा र दिल्ली जान मन छ ।”



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत