मङ्लबार, कार्तिक २०, २०८१

बिहे पर्ने आश्वासन देखाएर ४२ लाख ठग्ने श्रेष्ठ पक्राउ


कान्तिपथ


काठमाडौंबाट प्रहरीले ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। रामेछाप साँघुटार घर भई धापासी बस्दै आएका ५२ वर्षीय नवीन भन्ने लोकबहादुर श्रेष्ठलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो।

श्रेष्ठले पीडितसँग ४२ लाख ३४ हजार रुपैयाँ ठगी गरेको आरोप छ। पीडितले आफू ठगिएको भन्ने सूचना दिएपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो।

श्रेष्ठलाई सोमबार विशाल नगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार श्रेष्ठले पीडितलाई फोन सम्पर्क गरी विवाह गर्ने प्रलोभन देखाउने गरेका थिए। उनले पीडितलाई विश्वासमा पार्ने र बिरामी परेका कारण अस्पतालमा उपचार गर्न त कहिले झारफुक गर्नका लागि भन्दै योजना बनाएर ठगी गर्ने गरेको आरोप छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत