सोमवार, माघ ७, २०८१

असन्तुष्ट डिआईजीको मुद्धा न्यायाधीश डा. कुमार चुडालको एकल इजालसमा


कान्तिपथ


नेपाल प्रहरीको एआईजी बढुवाविरुद्ध तीन डीआईजी सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आज सुनुवाइ तोकिएको छ । न्यायाधीश डा. कुमार चुडालको इजालसमा रिटको सुनुवाइ तोकिएको हो ।

यसअघि दुईपटक न्यायाधीश कुमार रेग्मीको इजलासमा उक्त रिटको सुनुवाइ तोकिए पनि हेर्न नमिल्नेमा परेको थियो । बढुवामा सिनियरलाई छुटाएर जुनियरलाई बढुवा गरेको भन्दै डीआईजीहरु घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले सरकारविरुद्ध बिहीबार रिट दर्ता गराएका थिए ।

डीआईजीहरुले लोकसेवा आयोगको बढुवा पुनरावलोकन समितिमा पनि उजुरी दिएका थिए । उक्त समितिले बढुवा समितिको निर्णय सदर गर्ने निर्णय गरेको थियो । तर यो निर्णय न्यायसंगत नभएको जिकिर उनीहरुले रिटमा गरेका छन् ।

रिट निवेदनमा शैक्षिक योग्यता अनुसार पाउनुपर्ने अंक समेत नजोडिएको विषय र बढुवा भएकामध्ये दुईजना प्रहरी सेवा कालमा अनुुशासनको कारबाहीमा परेको र निलम्बन समेत भएको विषयसमेत उठान गरिएको छ । सरकारले थप गरेको तीन एआईजीमा वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई बढुवा गरिसकेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत