बिहिबार, बैशाख ६, २०८१

सिलवालको रिट खारेज: टंकलाललाई काम गर्न बाटो खुल्यो


कान्तिपथ


आफूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेपको) सदस्यसचिवबाट गैरकानुनी रूपमा हटाइएको भन्दै रमेश सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीश अनिल सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले रिट खारेज गरेसँगै टंकलाल घिसिङलाई काम गर्ने बाटो खुलेको छ ।

केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका सिलवाललाई वर्तमान देउवा सरकारले हटाएर टंकलाल घिसिङलाई सदस्यसचिव नियुक्त गरेको थियो । त्यसपछि सिलवाल अदालत पुगेका थिए ।

सर्वोच्चले यसअघि टंकलाल घिसिङलाई नियुक्त गर्ने र सिलवाललाई हटाउने दुवै निर्णय यथास्थितीमा राख्न आदेश गरेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत