मङ्लबार, बैशाख ९, २०८२

बिगुको अध्यक्षमा को-को दाबेदार: जिल्ला मै बलियो एमाले बिगुमा कमजोर !


कान्तिपथ


२०७९ को बैशाख ३० मा तय भएको स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा दोलखाको बिगु गाउँपालिकामा चुनावी माहोल र कार्यकर्ता तानातान बढेको छ । काँग्रेस, एमाले, माओवादी केन्द्रले आफ्नो पक्षमा चुनावी माहोल बनाउन अभियान तीव्र पार्न थालेका छन् । सबै पार्टीले चुनाव केन्द्रित सभामा जोड दिएका छन् ।

१४ हजार ४२३ मतदाता भएको यो गाउँपालिकामा यसअघिको निर्वाचनमा प्रमुखमा कांग्रेस र उप-प्रमुखमा माओवादी विजयी भएको थियो । तुलनात्मक रुपमा माओवादी बलियो भएको बिगु गाउँपालिकामा काँग्रेस र एमालेको पनि चुनावी अभियान जारी छ । माओवादी यसपटक जसरी पनि आफू विजयी हुने दाबी सहित मैदानमा छ, उसलाई विरासत जोगाउनु पर्ने चुनौती छ। बिगुका ८ वटा वडामध्ये कांग्रेसले ३ वटा वडा, माओवादीले ४ वटा वडा र एमालेले एउटा वडामा जितेको थियो।

कांग्रेस-एमाले-माओवादीको त्रिपक्षीय भिडन्त हुने आँकलन गरिएको यो गाउँपालिकामा चुनावी सरगर्मी बढ्दै गर्दा गाउँपालिका अध्यक्षमा दाबेदारी गर्नेहरु पनि बढ्दै गएका छन् । काँग्रेस-माओवादी-समाजवादीको गठबन्धन भएको खण्डमा भने एमालेलाई फलामको चिउरा हुनेछ।

एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा कृष्ण भुजेल प्रमुख दाबेदारको रुपमा देखिएका छन् । एमालेको बागमती प्रदेश कमिटी सदस्य रहेका भुजेल माओवादी पृष्ठभूमिका नेता हुन। बिगु गाउँपालिका इन्चार्ज र जिल्ला कमिटी सदस्य समेत रहेका कुमार खड्का पालिका अध्यक्ष सशक्त र नकार्न नसकिने दाबेदार हुन । एमालेबाट नै जिल्ला कमिटी सदस्यद्वय अचुतम केसी र प्रविन खड्का पनि पालिका अध्यक्षका दाबेदार हुन। खड्का गत स्थानीय निर्वाचनमा वडा नं ५ को वडाअध्यक्षमा पराजित भएका थिए ।

कांग्रेसबाट हाल गाउँपालिका अध्यक्ष रहेका युधिष्ठिर खड्का दोहोरिन खोज्ने छन् । गत स्थानीय निर्वाचनमा ४०२३ मत ल्याएर निर्वाचित भएका खड्का नेपाली कांग्रेसको बागमती प्रदेश महाधिवेशन प्रतिनिधि हुन । पार्टीका जिल्ला सचिव तथा तरुण दल अध्यक्ष दावासांगे शेर्पा गाउँपालिका अध्यक्षका लागि सशक्त दाबेदार हुन । हाल वडा नं ५ का निर्वाचित अध्यक्ष मधुकर गुरुङ्ग गाउँपालिका अध्यक्षका सशक्त दाबेदार हुन । उन्ले स्थानीय निर्वाचनमा एमालेका पुर्व गाविस अध्यक्ष प्रविन खड्कालाई हराएका थिए । नेपाली कांग्रेस बिगुका सभापति हेमराज तामाङ्ग पनि गाउँपालिका अध्यक्षका आकांक्षी हुन । गुरुङ बिगुका लोकप्रिय नेता हुन ।

४ वटा वडामा चुनाव जिताएर बिगुमा माओवादीलाई पहिलो पार्टी बनाएका संजिव ओली माओवादीबाट गाउँपालिका अध्यक्षका प्रमुख र सबैभन्दा बलिया दाबेदार हुन। उनी हाल गाउँपालिकाका निर्वाचित उपाध्यक्ष हुन । उनले ३२२० मत ल्याएर एमालेकी गोमा केसीलाई पराजित गरेका थिए । ओली पार्टीको प्रदेश कमिटी सदस्य हुन ! माओवादीबाट मजदुर नेता तथा विशेष प्रदेश सदस्य सोम तामाङ्ग पनि पालिका अध्यक्षको दाबेदार देखिएका छन् । पार्टीको गाउँपालिका अध्यक्ष रमेश ठकुरी, वडा नं ४ का निर्वाचित अध्यक्ष बुक्‍तम तामाङ् लगायत गाउँपालिका अध्यक्षको दाबेदारको रुपमा देखिएका छन् । युवा माझ लोकप्रिय बुक्‍तम तामाङ्ग पार्टीको पालिका इन्चार्ज तथा जिल्ला समन्वय समिति सदस्य हुन ।

यो पनि हेर्नुहोस:

कालिन्चोकमा पालिका अध्यक्षका दाबेदार को-को: केन्द्र टुंगो लाउन नसक्ने पनि मैदानमा !
तामाकोशीको अध्यक्षमा को-को दाबेदार: एमाले-कांग्रेसका पुर्व जिल्ला नेतृत्व मैदानमा !
शैलुङ्गको पालिका अध्यक्षमा को-को दाबेदार: एमालेमा पुर्व जनप्रतिनिधिको लाईन !
गौरीशंकरमा स्थानीय निर्वाचन: माओवादी र एमालेको प्रतिष्ठाको लडाई !
मेलुङ्गमा कसले मार्ला बाजी: एमालेमा टिकट लिन हेभीवेट भिडन्त !
बैतेश्वरमा चुनावी सरगर्मी बढ्यो: कुन पार्टीबाट को-को दाबेदार ?



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत