नेपाली सेनाका चार वटै कमाण्ड, पाँच वटा बाहिनी र विशेष फौज बाहिनी सहभागी रहेको ‘प्रधानसेनापति ट्रफी–२०७८’ जारी छ। प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा प्रतियोगिताको उद्घाटन गरेको प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ, पौडी, दौड, सुटिङ र आर्चरी विधा समेटिएको छ।
सेनाले सङ्गठनभित्र उत्कृष्ट खेलाडी उत्पादन गर्ने अभिप्रायले ‘स्वास्थ्यका लागि खेलकुद : राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ विसं २०६५ सालदेखि यो प्रतियोगिता आयोजना गरेको हो। यसअघि उक्त प्रतियोगिता भदौमा सञ्चालन हुने गरेकामा कोरोना सङ्क्रमण जोखिमका कारण सारिएको हो।
मुलुकभित्रका हरेक प्रतियोगितामा बर्चश्व कायम गर्दै आएका सैनिक खेलाडीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा आफूलाई अब्बल सावित गर्दै आएका छन्।
ट्रफी अन्तर्गत १०० मिटर र २०० मिटर पुरुष तर्फको दौडमा ९ नं बाहिनी अड्डाका सन्तराम माझी प्रथम भएका छन् । उनी पूर्वी कमाण्ड हेडक्वार्टरका सिपाही हुन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ