सोमवार, अशोज २८, २०८१
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • सैनिक अदालतको जिम्मा महेशप्रसाद पुडासैनीलाई: अरु दर्जन नियुक्तिमा को-को ?

सैनिक अदालतको जिम्मा महेशप्रसाद पुडासैनीलाई: अरु दर्जन नियुक्तिमा को-को ?


कान्तिपथ


सरकारले हेटौडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रवन्धकमा बसन्तकुमार पाण्डेलाई नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा प्रशासकीय अदालतका पूर्व अध्यक्ष काशीराज दाहालालाई र सदस्यमा केशवराज आचार्यलाई नियुक्ती तथा मनोनयन गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नियमित पत्रकारसम्मेलनमार्फ जानकारी गराएका हुन् ।

बैठकले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको सदस्य पदमा रञ्जनकृष्ण अर्याल र प्रा.डा. भगवानदास मानन्धरलाई मनोनयन गर्ने निर्णय भएको छ । श्रम अदालतको अध्यक्षमा उच्च अदालत बिराटनगरको ओखलढुंगा इजलाशका न्यायाधीश बासुदेव आचार्यलाई तोक्ने निर्णय पनि गरेको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष पदमा अदालतको समेत कामकाज गर्ने गरी उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मालाई तोक्ने निर्णय भएको छ । राजस्व न्यायधिकरण पोखराको कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश रमेशप्रसाद भण्डारीलाई तोक्ने निर्णय भएको छ ।

बैदेशिक रोजगार न्यायाधीकरणको अध्यक्ष पदमा उच्च अदालत जनकपुर बिरगञ्ज इजलाशका न्यायाधीश डा. रबी शर्मालाई तोक्ने निर्णय भएको छ । भूकम्पबाट प्रभावित संरचनाको पुर्ननिर्माणको पुनरावेदन समितिको अध्यक्षमा अदालतको समेत कामकाज गर्नेगरी उच्च अदालत पाटनका न्यायाधीश बालेन्द्र रुपाखेतीलाई तोक्ने निर्णय भएको छ । सैनीक विशेष अदालतको अध्यक्षमा अदालतको कामकाज समेत गर्ने गरी उच्च अदालत पाटनका न्यायाधीश महेशप्रसाद पुडासैनीलाई तोक्ने निर्णय भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत