सोमवार, मंसिर २४, २०८१

कंंगोमा भएको विस्फोटमा छ जनाको मृत्यु, १५ घाइते


कान्तिपथ


कंगोको एक रेष्टुरेन्टमा भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।कंगोको उत्तरी किभु प्रान्तको एक रेष्टुरेन्टको बारमा सो विस्फोट भएको थियो । बिहीबार साँझ भएको सो विस्फोटमा परेर अरु १५ जना घाइते भएका छन् । घाइतेहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको पनि बताइएको छ ।

सो विस्फोटका कारण रेष्टुरेन्टमा पनि ठूलो क्षति पुगेको छ ।कंगोका सञ्चार तथा मिडिया मन्त्री प्याट्रिक मुइयाले सो जानकारी दिनुभएको छ । उहाँले भन्नुभएको छ घाइतेहरुको अवस्था गम्भीर छ, विस्फोटका बारेमा हामीले अनुसन्धान गरिरहेका छौँ । सो विस्फोट कसले र किन गराएको हो भन्ने बारेमा अहिले नै केही पत्ता नलागेको जानकारी पनि उहाँले दिनुभयो ।मन्त्री मुइयाले शान्तपूर्वक बस्न नागरिकलाई आग्रह गर्नुभएको छ । यस विषयमा अनुसन्धान जारी रहेकाले अहिले नै सो विस्फोटबारे केही भन्न नसकिएको उहाँले बताउनु भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत