सोमवार, माघ ७, २०८१

बारको चुनावमा बडारियो एमाले: गठबन्धनको ‘क्लिनस्विप’


कान्तिपथ


नेपाल बार एसोसिएनसको कार्यसमिति निर्वाचनमा वाम– लोकतान्त्रिक गठबन्धनले प्यानलै जितेको छ । अध्यक्षसहित २५ सदस्यीय कार्यसमितिमा गठबन्धनका उम्मेदवारले जीत हासिल गरेका हुन् । गत शनिबार भएको निर्वाचनको मत गणना भने शुक्रबार सकिएको हो ।

बारको अध्यक्षमा वाम– लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रत्यासी गोपालकृष्ण घिमिरेले मतगणना नसकिँदै जित सुनिश्चित गरिसकेका थिए भने । उपाध्यक्ष, महासचिवसहितका उम्मेदवार पनि धेरै मतान्तरले अघि थिए । मत गणना सकिएकाले मत परिणाम भने केही बेरमा सार्वजनिक गर्ने निर्वाचन समितिले जनाएको छ । गठबन्धनका उम्मेदवारले प्रतिस्पर्धी एमाले निकट वकिलको समूहलाई तोब्बरभन्दा बढी मतले जीत हासिल गरेका हुन् ।

अध्यक्षका प्रत्याशी घिमिरे कांग्रेस निकट हुन् भने महासचिवकी उम्मेदवार अन्जिता खनाल माओवादी केन्द्र निकट हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत