आइतवार, माघ ६, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • मुख्य न्यायाधीश नबनाए पाटन नजाने कुँवरको जिद्दी: ३ दिन भित्र सर्वोच्च छाड्न निर्देशन !

मुख्य न्यायाधीश नबनाए पाटन नजाने कुँवरको जिद्दी: ३ दिन भित्र सर्वोच्च छाड्न निर्देशन !


कान्तिपथ


कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले मुख्य रजिष्ट्रार लालबाबु कुँवरलाई तीन दिनभित्र न्याय परिषद्ले नियुक्त गरेको स्थानमा जान निर्देशन दिएका छन्।

न्याय परिषद्ले उच्च अदालत पाटनको न्यायाधीशको रुपमा नियुक्त गरेकाले मुख्य रजिष्ट्रार पद रिक्त गरिदिन भन्दै कामु प्रधानन्यायाधीशले लिखित रुपमा निर्देशन दिएको उच्च स्रोतले जनाएको छ।

कुँवरलाई परिषद्ले चैत २६ गते उच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो। महाभियोग लागेर निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको समयमा उनी मुख्य रजिष्ट्रार भएका थिए।

मुख्य रजिष्ट्रार कुँवर भने आफूलाई मुख्य न्यायाधीश बनाउनुपर्ने नत्र नजाने अडानमा रहेपछि सर्वोच्चमा टसल हुदै आएका छ। मुख्यसचिव सरहको मुख्य रजिष्ट्रारलाई उच्चको मुख्य न्यायाधीश बनाउने चलन छ । त्यसो नहुँदा विगतमा पनि मुख्य रजिष्ट्रारले न्यायाधीश बन्न नचाहेको नजिर छन् ।

न्याय परिषद्ले गरेको सिफारिस अस्वीकार गर्दै उनी सर्वोच्चमै रहँदै आएका छन्। सुरु विदा बसेका उनी केही दिनदेखि सर्वोच्च हाजिर हुन थालेपछि कामु प्रधानन्यायाधीशले उच्च अदालत पाटन हाजिर हुन निर्देशन दिएका हुन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत