सोमवार, मंसिर १२, २०७९

रामेछापका ३ स्थानीय तहमा समाजवादीको दाबी


कान्तिपथ


नेकपा एकीकृत समाजवादीले रामेछाप जिल्लाका आठमध्ये तीनवटा स्थानीय तहको नेतृत्व आफूले पाउनुपर्ने दावी गरेको छ । एमालेले जितेका ५ मध्ये तीनवटा स्थानीय तहमा दावी गर्ने पदाधिकारी बैठकले निर्णय गरेको हो ।

मन्थली नगरपालिका,खाँडादेवी गाउँपालिका र गोकुलगंगा गाउँपालिकाको नेतृत्व दावी गर्ने र त्यसका लागि पाँच दलीय गठबन्धनमा प्रस्ताव लैजाने निर्णय भएको हो ।

मन्थलीको मेयर रमेश बस्नेत नेकपा एसको जिल्ला अध्यक्ष समेत हुन् । गठबन्धनसँग वार्ता गर्न जिल्ला इन्चार्ज देवशंकर पौडेल,पोलिटव्युरो सदस्य होम बुढाथोकी र जिल्ला अध्यक्ष बस्नेत रहेको संयन्त्र समेत गठन भएको छ । रामेछाप नगरपालिकामा भने नेकपा एसले उपमेयरसहित वडा नम्बर ७ र ९ को अध्यक्ष दावी गर्ने भएको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत